पठाओ एपमार्फत हेलिकप्टर बुकिङ सेवा सुरु
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सिम्रिक एयरसँगको सहकार्यमा आफ्नो मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ सेवा 'पठाओ हेली' सुरु गरेको छ। यस सेवामार्फत प्रयोगकर्ताहरूले अब पठाओ एप वा पठाओ हेलीको वेबसाइटबाट मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सक्नेछन्। कम्पनीले नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने लक्ष्य राखेको छ र यसलाई नेपाल पर्यटन वर्ष २०८५ लाई समेत मध्यनजर गरी सञ्चालनमा ल्याएको जनाएको छ।