संसदीय बहसको विषय र विचार महत्त्वपूर्ण: भीष्मराज आङ्देम्बे
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा संख्याभन्दा पनि उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन्। उनले पार्टी र संसद्लाई अलग-अलग ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य गरी दुवैलाई एउटै सोच र मार्गमा अघि बढाउने वातावरण निर्माण गरिएको दाबी गरे। आङ्देम्बेले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।