धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ
काठमाडौंमा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको अभियोगमा जनक परियार पक्राउ परेका छन्। रुकुम पश्चिम घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा उनले यस्तो अभिव्यक्ति दिएका थिए।