गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
▸ यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजन आउने अनुमान
रसुवाको गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन्। यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ। हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›