आस्था र प्रकृतिको संगम गोसाइँकुण्डमा विशेष मेला सुरु, पाँच हजार यात्रु आउने अनुमान
▸ यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजन आउने अनुमान
हिमालको काखमा अवस्थित पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा गंगादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा पवित्र कुण्डमा स्नान गर्न देश-विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । जेठ ३ गतेदेखि सुरु भएको यो विशेष मेला आगामी जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›