रौतहटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शेख गुलामको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले बस चालक लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिएको छ।