सर्वोच्चले विवाह इन्कार गर्दा आत्महत्या दुरुत्साहन नहुने व्याख्या गर्यो
सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्न इन्कार गर्दा आत्महत्या दुरुत्साहन ठहर नहुने व्याख्या गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले कैलालीको एक मुद्दामा यस्तो फैसला सुनाएको हो, जसको पूर्णपाठ हालै सार्वजनिक भएको छ। अदालतले केवल विवाह इन्कारलाई आत्महत्या दुरुत्साहन मान्नु फौजदारी न्यायमा विकृति ल्याउने ठहर गरेको छ।