गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै देशलाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।