नेपाली कांग्रेस नीति प्रतिष्ठानले सात उपसमितिका संयोजक तोक्यो
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको आन्तरिक रणनीति र सार्वजनिक सरोकारका विभिन्न क्षेत्रहरू हेर्ने गरी सात वटा विषयगत उपसमिति गठन गरी संयोजक तोकेको छ। प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले अर्थ योजना, जलवायु परिवर्तन सचेतना, नवयुवा भावना, अनौपचारिक क्षेत्रका श्रमिक, बाल अधिकार, सार्वजनिक सेवा प्रवाह र गैर सरकारी संस्था नीति संवादसम्बन्धी उपसमितिहरूमा संयोजक चयन गरेको हो।