महालेखापरीक्षकको प्रतिवेदन: ४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीलाई कारबाहीको सुझाव
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले तुइन विस्थापन गरी निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको औंल्याएको छ। प्रतिवेदनले पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन र तत्काल कानुनी दायरामा ल्याउन सुझाव दिएको छ। आर्थिक वर्ष २०६९/७० देखि २०७८/७९ सम्ममा झोलुङ्गे पुल निर्माणका लागि रु १ अर्ब ३९ करोड १२ लाख बराबरको सम्झौता भएकोमा रु ७८ करोड ३४ लाख ४३ हजार भुक्तानी भइसकेको छ।