संसदीय उपसमितिद्वारा नागढुङ्गा सुरुङमार्गको निरीक्षण
▸ यस स्टोरीको अंश: मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ ले नागढुङ्गा सुरुङमार्ग आयोजनाको स्थलगत निरीक्षण गरेको छ । उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेको टोलीले आयोजनाको भौतिक प्रगति, प्राविधिक चुनौती र कार्यसम्पादनको अवस्थाबारे विस्तृत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा उपसमितिले सुरुङमार्गको भित्री संरचना, पहुँच मार्ग (एप्रोच रोड), फ्लाइओभर निर्माणको अन्तिम तयारी तथा सुरक्षा प्रबन्धका विषयमा आयोजनाका स्वेदेशी तथा विदेशी इन्जिनियरहरूसँग ब्रिफिङ लिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›