न्यायाधीश तिलप्रसाद श्रेष्ठले दिल्लीमा उपचार गराइरहेको र रकम संकलन रोक्न आग्रह गरेका छन्
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा बोनम्यारो समस्याको उपचार गराइरहेको बताएका छन्। उनले आफ्ना शुभेच्छुक तथा शुभचिन्तकहरूले उपचारका लागि रकम संकलन गर्न थालेको खबर पाएको उल्लेख गर्दै सो कार्य स्थगित गर्न विनम्र अनुरोध गरेका छन्।