सचेतक परियार भन्छन्, गणतन्त्र सामाजिक न्याय र समानताका लागि आयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियारले सामाजिक न्याय र मानवीय समानताका लागि राजनीतिमा होमिएको बताएका छन्। उनले गणतन्त्र ल्याउनका लागि २०६२/०६३ को जनआन्दोलनमा आफ्ना भाइ गुमाएको दुःखद् अनुभव सुनाउँदै समतामूलक समावेशी राज्य निर्माण नै गणतन्त्रको मूल मर्म भएको दाबी गरे।