इजरायलमा २३०० नेपाली सहायक कामदारको माग, आवेदन खुला
वैदेशिक रोजगार विभागले नेपाल र इजरायलबीचको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा २३०० जना नेपाली सहायक कामदार पठाउन आवेदन आह्वान गरेको छ। यस रोजगारीका लागि २५ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका कामदारले मासिक करिब ५८८१ इजरायली मुद्रा तलब पाउनेछन्।