आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार दिउँसो ४ बजे पुरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्ने तयारी पूरा गरेको छ। नयाँ संसद् भवनको प्राविधिक काम नसकिएकाले बजेट पुरानै हलबाट प्रस्तुत गरिने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्।