परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
परराष्ट्र मन्त्रालयले नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले चीन, अमेरिका र भारत जस्ता रणनीतिक साझेदारसहित विभिन्न १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारहरूले आगामी जेठ २२ गतेभित्र दरखास्त बुझाउन सक्नेछन्।