सेती नदीमा हाम फालेका भारतीय युवकको शव फेला
पोखराको सेती नदीको खोँचमा हाम फालेर बेपत्ता भएका भारतका मुकेश महतोको शव सशस्त्र प्रहरीले फेला पारेको छ। जेठ १० गते बेलुका नदीमा हाम फालेका महतोको शव बिहान करिब २५० फिट गहिरो खोँचबाट रोप रेस्क्यू विधि प्रयोग गरी निकालिएको हो। शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।