नेपाल चिकित्सक सङ्घको सम्मेलन चितवनमा सुरु, स्वास्थ्य सेवा सुधारमा छलफल
नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म चल्ने यस सम्मेलनमा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा छलफल भइरहेको छ ।