भियतनाममा संसदीय निर्वाचनको अवसरमा १० हजार कैदी रिहा गरिने
भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी नागरिकसहित करिब १० हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। सार्वजनिक सुरक्षा उपमन्त्री ले भान तुयेनका अनुसार यो आममाफीले भियतनामको कम्युनिस्ट पार्टीको महाधिवेशन र राष्ट्रिय सभाको चुनावको सफलताका लागि सहज वातावरण निर्माण गर्नेछ। यसरी रिहा हुनेमा ६३ विदेशी नागरिकसमेत रहेका छन्।