डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई नेपालको ३२ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो भने मंगलबार संसदीय समितिले उनको नाम अनुमोदन गरेको थियो। रोलक्रमका हिसाबले चौथो स्थानमा रहेका न्यायाधीश शर्मालाई वरिष्ठतम् न्यायाधीशलाई उछिनेर सिफारिस गरिएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नबाट वञ्चित भएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›