जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

यस स्टोरीको अंश: बागलुङमा जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ बिरामी परेको घटना
sansarnews.com · 1 हप्ता अघि

पश्चिम बागलुङको बडिगाडमा जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको घरमै ज्यान गएको हो । बिरामी हुनेहरुमा सोही गाउँका अन्य आठ जना रहेका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । बिरामीहरुमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षण देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू