हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सगरमाथा र लोत्से हिमाल आरोहण गरेकोमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए। उनले हिमाली क्षेत्रमा सुरक्षा र उद्धार क्षमता सुदृढ पार्न तालिमहरूको सञ्चालनले सशस्त्र प्रहरी बल सक्षम हुँदै गएको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›