सशस्त्रका दुई महिला कर्मचारी पहिलोपटक सगरमाथाको शिखरमा
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले सशस्त्र प्रहरी संगठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखे। सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित