मन्त्रिपरिषद् बैठकः आगामी आर्थिक वर्षका लागि बर्खे धानबालीको समर्थन मूल्य तोकियो

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्‍यो
www.sidhakura.com · 2 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बैठकले नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र स्वीकृत गर्ने, सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू