समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

यस स्टोरीको अंश: महेशपुर भन्सार सडक निर्माणमा ढिलाइ, ठेकेदारले अलकत्रा अभाव र मूल्य वृद्धिको कारण देखाउँदै काम रोके
biznessnews.com · 3 दिन अघि

छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन। बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशंकर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो। विसं २०८१/०१/२६ गते निर्माण सम्पन्न गर्नेगरी २०८०/०१/२६ गते सम्झौता गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू