गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान गणतान्त्रिक व्यवस्थाले देशका आधारभूत समस्याहरू हल गर्न नसकेको दाबी गरेका छन् । उनले गणतन्त्रले नयाँ र जटिल सङ्कटहरू थपेको, समाजलाई धु्रवीकृत गरेको र राजनीतिक प्रतिशोधको संस्कृति विकास गरेको आरोप लगाए । लिङ्देनले देशलाई बचाउनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका तीनवटा ठुला राजनीतिक परिवर्तनका उपलब्धिलाई आत्मसात गर्दै राजसंस्थालाई पनि जोडेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›