‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताउनुभएको छ । नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित