बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

यस स्टोरीको अंश: बागमती प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
bankingsamachar.com · 1 हप्ता अघि

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर मुख्य स्रोत रहेकोमा यी शीर्षकबाट २० अर्ब एक करोड ३ लाख ८९ हजार सङ्कलन भएको छ। सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदान सात अर्ब ९४ करोड २७ लाख ५६ हजार र आन्तरिक स्रोतबाट तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार प्राप्त भएको छ। आर्थिक तरलता, घरजग्गा तथा सवारीसाधन कारोबारमा कमी र ‘जेनजी’ आन्दोलनका कारण राजस्व सङ्कलन अपेक्षाकृत हुन नसकेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू