रेखा, दीपा र मनमाया एसटिसीको ब्रान्ड एम्बेसडर
▸ यस स्टोरीको अंश: महिला फुटबल खेलाडी रेखा पौडेल, मनमाया दमाई र दीपा शाही एसटीसी राइड र इनर्जीका ब्रान्ड एम्बेसडर नियुक्त
नेपाली राष्ट्रिय फुटबल टोलीकी खेलाडी रेखा पौडेल, दीपा शाही र मनमाया दमाई एसटिसी इनर्जी इन्डस्ट्रीजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। एक वर्षका लागि भएको सम्झौतामा खेलाडी र एसटिसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले हस्ताक्षर गरेका छन्। एसटिसी ग्रुपका प्रबन्ध निर्देशक उप्रेतीले नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपको उपाधि जिते ६ देखि १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›