गणतन्त्रको रक्षा गर्न संस्थामाथिको विश्वास जोगाउनुपर्छ : केपी ओली
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस: ओली र भण्डारीद्वारा गणतन्त्रको रक्षा र उपलब्धिको स्मरण
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थामाथिको विश्वास जोगाउनुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे बताएका हुन् । ओलीले जनताले आफ्ना लागि आफैँ शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको स्मरण गर्दै हजारौँ अग्रजले जीवन बलिदान गरेको उल्लेख गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित