गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धिः मुख्यमन्त्री
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । उनले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित