चीनको कोइला खानी विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चीनको कोइला खानी विस्फोटमा ९० जनाको मृत्यु, राष्ट्रपति सीले दिए कडा निर्देशन
चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । यो घटना पछिल्लो एक दशकयताकै चीनको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट शुक्रबार किनयुआन काउन्टीमा भएको हो । दुर्घटनाअघि खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा बढेको चेतावनी जारी गरिएको थियो । त्यसको केही समयपछि शक्तिशाली विस्फोट भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित