राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
▸ यस स्टोरीको अंश: मानव अधिकार तथा शान्ति समाजद्वारा राज्यका अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजले १९औं गणतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि सरकार, संसद र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले विगतका सरकारहरूको असफलताबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन् । उनले शान्ति समाजको अभियान सरकारलाई कमजोर बनाउने नभई थप सशक्त, पारदर्शी र जनमुखी बनाउन लक्षित रहेको स्पष्ट पारिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›