एलपी ग्यासको निर्भरता घटाउन विद्युतीय चुल्होमा अनुदान दिने सरकारी तयारी
▸ यस स्टोरीको अंश: सरकारले एलपी ग्यास अनुदान खारेज गरी विद्युतीय चुल्होमा अनुदान दिने 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' सार्वजनिक गर्यो
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गर्दै आर्थिक वर्ष २०९२-९३ सम्म एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुल्होमा सहुलियत दिने लक्ष्य राखेको छ । यस रणनीतिले स्वच्छ ऊर्जाको प्रयोग बढाउने, आयातित इन्धनमा निर्भरता कम गर्ने र आन्तरिक विद्युत् खपत विस्तार गर्ने उद्देश्य लिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा करिब ४१ अर्ब ६५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›