गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र घर खाली गर्न काठमाडौं महानगरद्वारा अन्तिम सूचना जारी
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा ग्यालेक्सी फोरकेलाई १५ दिने घर खाली गर्ने सूचना, सामान लिलामको चेतावनी
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई १५ दिनभित्र घर खाली गर्न अन्तिम सूचना जारी गरेको छ। महानगरले मंगलबार सूचना जारी गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजनसम्बन्धी सरसामान लिएर भवन खाली गर्न निर्देशन दिएको हो। अदालतको आदेशअनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भइसकेकाले तोकिएको समयभित्र बाँकी बहाल रकम बुझाई सरसामान नलगेमा लिलाम गरिने चेतावनी दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›