सेयर बजार २७.८५ अंक बढेर २७८६.३५ अंकमा, ५ अर्ब ९८ करोडको कारोबार
सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक सोमबार २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ । जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ । बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार सूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ६० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशत घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›