मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
▸ यस स्टोरीको अंश: मार्किचोक सबस्टेसनमा प्राविधिक समस्याले तनहुँ, गोरखा र चितवनमा विद्युत् अवरुद्ध
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा रहेको २२०/१३२/३३ केभी सबस्टेसनको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अर्थिङ प्रणालीमा समस्या आएर करेन्ट प्रवाह बढेपछि हिजो साँझदेखि लाइन अवरुद्ध भएको हो । पोखरा ग्रिड महाशाखाको प्राविधिक टोलीले लाइन सञ्चालनमा ल्याए पनि पुनः समस्या देखिएपछि ट्रान्सफर्मर बन्द गरिएको छ । वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›