कोइराला निवास पुगेर गगनले भने– ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ’

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
www.makalukhabar.com · 6 दिन अघि

नेपाली काँग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिन नभएको र सरकारले यसलाई ढाकछोप गर्न खोजिरहेको आरोप लगाएका छन् । उनले भदौ २३ गतेको घटनामा राज्यको कमजोरी स्वीकार गर्दै अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए । तर, २४ गते भएको तोडफोड, आगजनी र हिंसा तथा युवा र प्रहरीहरूको मृत्युबारे राज्य मौन बसेको उनको आरोप छ । थापाले सरकारले सय दिने कार्यक्रममा न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाए पनि हाल ढाकछोपको प्रयास भइरहेको भन्दै तत्काल आयोग गठन र दोषीलाई कारबाहीको माग गरेका छन् । उनले मानवअधिकार आयोगको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न र कार्यान्वयनमा लैजान माग गरे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू