‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
▸ यस स्टोरीको अंश: म्याग्दीको नारच्याङ लेकगाउँ ‘मगर सङ्ग्रहालय’ को रूपमा चिनिन्छ
अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युुजियम’ भनिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›