मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि प्रदेश सभा बैठक आह्वान गरिएको छ । विश्वासको मत लिने पूर्वसन्ध्यामा सत्ता समीकरण परिवर्तन भएको छ, जसमा जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई भित्र्याइएको छ । मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरी एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । यससँगै मधेशमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाको गठबन्धन बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›