बकर इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो पर्व मनाउने धार्मिक विधि छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीले बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित