विदेशी सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदैछौँ : शिक्षामन्त्री पोखरेल

यस स्टोरीको अंश: विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
gorkhapatraonline.com · 3 दिन अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभएको हो । शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ र ती मन्त्रालयको स्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उहाँले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू