झापामा विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
▸ यस स्टोरीको अंश: झापामा विद्यालयको ११ बिघा जमिनमा ६५ परिवारको बस्ती, अतिक्रमणको खुलासा
पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालयका नाममा रहेका सयौँ बिघा जमिन अतिक्रमण भएको छ । झापा गाउँपालिका-२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको करिब ११ बिघा १७ कट्ठा जमिनमध्ये ठूलो हिस्सामा स्थानीयले घरटहरा निर्माण गरी बसोबास गरिरहेका छन् । विद्यालय प्रशासनका अनुसार उक्त क्षेत्रमा हाल ६५ परिवार बसोबास गरिरहेका छन् । सङ्घीय सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख व्यवस्थित गर्ने प्रक्रिया सुरु भएपछि विद्यालयले आफ्नो नाममा रहेको जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›