उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र इजरायली राजदूत बासबीच द्विपक्षीय सम्बन्धबारे छलफल
www.reportersnepal.com · 2 हप्ता अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा महत्वपूर्ण संवाद भएको थियो । उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहिआएको बताए । उनले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू