रसुवाको टिमुरे जाँदै गरेका युवकको साथबाट ४३ हजार अमेरिकी डलर बरामद
▸ यस स्टोरीको अंश: रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित सुशील गुरुङ पक्राउ, राजस्व अनुसन्धान विभाग पठाइयो
प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ३७ वर्षीय सुशिल गुरुङ रहेका छन् । रसुवाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९५१० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित