लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्यो : पम्फा भुसाल
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादवको आग्रह: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बनुन्
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताएकी छन् । नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा बोल्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गरिन् । राज्यका तर्फबाट प्रेस स्वतन्त्रता र नागरिक अधिकार कटौती गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यसलाई ‘प्रति–क्रान्तिको चुनौती’ को संज्ञा दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›