‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट, सबैले हेर्न सक्ने

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका लागि प्रदर्शनमा
www.osnepal.com · 17 घण्टा अघि

निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिएर पनि हल जानु पर्ने छैन । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र हेर्न सबैलाई बाटो फुकेको छ । ‘रोल नं १’ २ घण्टा ३२ मिनेट लामो सिनेमा रहेको सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सर्टिफाई गरेको सर्टिफिकेटमा उल्लेख छ । भोलिबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ खुला भइसकेको छ । जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू