यान्त्रिक अवस्था ठिक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजारभन्दा बढी चालक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
baahrakhari.com · 1 हप्ता अघि

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा गरिएको जाँचमा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको हो । ह्यान्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको जस्ता प्राविधिक समस्या देखिएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही गरिएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू