आँधीखोलामा सुन्तला–कागती खेती विस्तार, किसानलाई सहुलियतमा बिरुवा
▸ यस स्टोरीको अंश: आँधीखोला गाउँपालिकाद्वारा सुन्तला–कागती खेती विस्तार, किसानलाई अनुदानमा बिरुवा
स्याङ्जाको आँधीखोला गाउँपालिकाले सुन्तला र कागती खेती विस्तार गर्ने उद्देश्यसहित किसानलाई अनुदानमा बिरुवा वितरण सुरु गरेको छ । गाउँपालिकाले “आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियान” नारासहित ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको जनाएको हो । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार किसानलाई बिजु बिरुवा ३५ रुपैयाँ र कलमी बिरुवा ७५ रुपैयाँमा वितरण गरिएको छ । किसानको मागलाई आधार बनाएर दुवै प्रकारका बिरुवा उपलब्ध गराइएको पौडेलले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित