पत्रकार किशोर श्रेष्ठलाई आतंकित पार्ने काम तत्काल रोक्न संसदमा माग
▸ यस स्टोरीको अंश: पत्रकार श्रेष्ठलाई आतंकित पार्ने काम रोक्न संसदमा माग, रास्वपा सांसदको विवादास्पद अभिव्यक्ति
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम भइरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै भरमा पत्रकारलाई त्रसित बनाउने प्रवृत्ति तत्काल रोक्न माग गरेका हुन्। उनले प्रकाशित समाचार गलत भएमा वा चित्त नबुझेमा नियमन गर्ने कानुनी क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको मात्र भएको स्मरण गराउँदै सरकारलाई राज्य शक्तिको दुरुपयोग नगर्न सचेत गराए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›